नियम ३५
सूचना दिनु पर्ने
नियम ३३ र नियम ३४ को खण्ड (ग) र (घ) बमोजिमको कारणबाट उपभोक्तालाई तत्कालै सेवा उपलब्ध गराउन नसकिने अवस्था परेकोमा बाहेक अन्य कुनै कारणबाट सेवा बन्द गर्नु परेमा पानी आपूर्तिकर्ताले कम्तीमा पन्ध्र दिन अगावै सो कुराको सूचना सार्वजनिक रुपमा प्रकाशन गरी त्यसको जानकारी सम्बन्धित व्यक्ति वा निकायहरुलाई दिनु पर्नेछ ।